• २३ साउन २०८२, शुक्रबार

करेन्ट लागेर किसानको मृत्यु

blog

राजविराज (सप्तरी),  साउन २३ गते । आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ । 

स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । करेन्ट लागेको उहाँको घटनास्थलमै ज्यान गएको छ  । उहाँका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो ।  रासस