• २३ साउन २०८२, शुक्रबार

पञ्जीकरण कसूर मुद्दामा एक जना पक्राउ

blog

 अर्जुन काफ्ले
स्याङ्जा, साउन २३ गते ।
पञ्जीकरणसम्बन्धी कसूर मुद्दामा फरार वालिङ नगरपालिका–७ बस्ने ३४ वर्षीया लक्ष्मी खड्कालाई प्रहरीले पक्राउ रेको छ ।

बालिकालाई जबरजस्ती करणी र मानब बेचविखनका प्रतिबादीलाई सहयोग गरेको आरोपमा खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

खड्काले प्रतिबादीलाई जोगाउन बालिकाको उमेर बढाउने काम गरेको र २०८० पुस १९ गते मुद्दा दर्ता भएसँगै खड्का फरार हुनुभएको थियो ।

प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधारीले खड्कालाई पोखरा महानगरपालिका–८ चिप्लेढुङ्गामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी १० दिन म्याद गरी थप अनुसन्धान अगाडि बढाएको बताउनुभयो ।

यस्तै लागु औषध मुद्दामा चार सय जरिवाना तोकी फरार रहेका पुतलीबजार नगरपालिका–७ बस्ने २५ वर्षीय सागर परियारलाई पक्राउ गरी जरिवाना असुल गरेको छ ।