अमरराज नहर्की
तनहुँ, साउन २२ गते। पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिकामा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
व्यास–१२, गोल्ला घुम्तीमा बिहीबार दिउँसो ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका हुन्। भारतबाट प्लाई बोकेर दमौली आउँदै गरेको युपी १९ टी. २५०६ नम्बरको ट्रकले सोही स्थान नजिक रोकिराखेको युपी ४२ बिटी ३९८१ नम्बरको सिमेन्ट बोक्ने ट्रकसँग ठक्कर खाँदा दुघर्टना भएको प्रहरीले जनाएको छ।
दुघर्टनामा दुई भारतीय र एक नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो।
युपी १९ टी. २५०६ नम्बरको ट्रकमा सवार भारतको उत्तरप्रदेश बस्ने ४२ वर्षीय सुरज जाबेद अलि, सोही स्थानका ३१ वर्षीय फकरा आलम र सिन्धुलीका २३ वर्षीय पुस्कर गिरी घाइते भएको अधिकारीले बताउनुभयो।
घाइतेको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको र एक साता अघि मात्रै सोही स्थानमा ग्यास ट्याड|कर दुर्घटना भएको थियो।