• २२ साउन २०८२, बिहिबार

घर प्लास्टर गर्ने क्रममा लडेर कामदारको मृत्यु

blog

फाइल तस्बिर

राजु लामिछाने

रुकुमपश्चिम, साउन २२ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१, मठमा घर बनाउने क्रममा एक कामदारको मृत्यु भएको छ । आज बिहान बाँफिकोट गाउँपालिका –२, पिपल निवासी ४० वर्षीय कमल पौडेलको घरको एक तलामाथिबाट खसेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार मठमा निर्माणाधीन एक घरमा प्लास्टरको कामका लागि खट बनाउने बेला पौडेल लड्नुभएको थियो । घरको एक तलामाथिबाट करिब १० मिटर तल खसेका पौडेलको घटनास्थमै मृत्यु भएको छ । पौडेलको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा लगिइएको छ ।