• २१ साउन २०८२, बुधबार

गोरखामा ८५ प्रतिशत रोपाइँ

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन २१ गते । गोरखामा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो साल मनसुन वर्षा साउनको महिनाको पहिलो हप्तासम्म कम पानी परे तापनि गोरखामा साउनको १० गतेदेखि निरन्तर रुपमा अविरल वर्षा भएकाले असार २० गते मङ्गलबारसम्म ८५ प्रतिशत रोपाइँ समपन्न भएको हो । 

अहिलेसम्म पनि गोरखामा सिँचाइ भएका कुलो नहरहरुको खेतमा रोपाइँ सम्पन्न भएको छ । आकाशे पानी परी मूल फुटेर रोपाइँ हुने खेतहरु भने लगातर परेको अविरल वर्षाले गोरखामा रोपाइँ भइरहेको कृषि ज्ञानकेन्द्र गोरखाका अर्थ विज्ञ सुमन भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार साउन १९ गतेसम्म ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गोरखा जिल्लामा रहेको धान खेती हुने १० हजार १ सय ४० हेक्टर क्षेत्रफल मध्ये ९ हजार १ सय हेक्टर क्षेत्रफलमा अर्थात् ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । 

गोरखाका मुख्यमुख्य फाँटहरुमा रोपाई सम्पन्न भएका छन् भने टारी फाँटहरुमा आकशे पानीको भर पर्दा रोपाइँ अहिले पनि भइरहेको कृषि ज्ञान केन्द्र गोरखाले जानकारी दिएको छ । अझै पनि गोरखामा वर्षा भइरहेकाले पनि साउन महिनाको अन्तिमसम्म रोपाइँ हुने भएकाले पनि गोरखामा लगभग ९७ प्रतिशत रोपाइँ हुने विश्वास रहेको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीको भनाइ छ । 

गोरखामा १० हजार १ सय ४० हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता भएकाले पानीको मूल फुट्न ढिलाइ भएकाले पनि गोरखाका फाँटहरुमा छिटो रोपाइँ हुन नसकेको कृषि ज्ञान गोरखाका प्रमुख बस्ताकोटीले बताउनुभयो । 

किसानहरुले गोरखामा साउन महिनाको अन्तिमसम्म रोपाइँ गर्ने भएकाले आगामी दिनमा रोपाइँ प्रतिशत वृद्धि भएसँगै उत्पादनमा समेत वृद्धि हुने आफूहरुले विश्वास लिएको कार्यालय प्रमुख बस्ताकोटीको भनाइ छ ।