काठमाडौँ, साउन २१ गते । प्रथम इन्डियन ओपन विश्व एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुने टोलीको बिदाइ गरिएको छ ।
नेपाल एथलेटिक्स सङ्घले बुधबार १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोलीको बिदाइ गरेको हो । खेलाडीमा आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित चौधरी, प्रकाश दनुवार, कलेसी चौधरी, नारायणी भण्डारी, सीमाकुमारी चौधरी, चन्द्रकला लाम्गाडे र पूर्णलक्ष्मी न्यौपाने हुनुहुन्छ ।
यस्तै अफिसियलमा शिवलाल आचार्य र अनिलरुद्र कुमार चौधरी रहनुभएको छ । प्रतियोगिता भारतको उडिसामा अगस्ट १० तारिखम हुनेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतले बिदाइ गर्नुभयो ।