• २० साउन २०८२, मङ्गलबार

मनाइयो गुरु रिम्पोछेको जन्मजयन्ती

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली परम्परा, संस्कृति, कला एवं धार्मिक, ऐतिहासिकलगायतका गतिविधिमार्फत पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताउनुभएको छ । बौद्धनाथ क्षेत्र विकास समितिद्वारा सोमबार राजधानीमा आयोजित आचार्य पद्मसम्भव (गुरु रिम्पोछे) को जन्मजयन्ती समारोहमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

मन्त्री पाण्डेले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध महाचैत्य विश्वका बौद्ध सम्प्रदायलगायत अन्य पर्यटकको पनि विशेष रोजाइमा पर्ने धार्मिक महत्वको सम्पदा स्थल हो भन्नुभयो । उहाँले यस क्षेत्रका सम्पदा र जात्रापर्वले पनि धार्मिक पर्यटन प्रवर्धनमा योगदान पु¥याएको बताउनुभयो । आचार्य पद्मसम्भव (गुरु रिम्पोछे) को  जन्मजयन्तीका अवसरमा काठमाडौँमा उहाँको प्रतिमापरिसरमा पूजा र प्रार्थना गरिएको  छ । आचार्य थुप्तेन र खेन्पो सर्वजित गोङ्माको नेतृत्वमा अन्य बौद्ध गुरुहरूको सहभागितामा सोमबार विशेष पूजा एवं प्रार्थना गरिएको हो । 

बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले विगतमा लामा, गुरुहरूको सहभागितामा गुरु रिम्पोछेको जन्मजयन्तीका अवसरमा पूजा गरी बौद्ध सम्प्रदायले उहाँले धार्मिक क्षेत्रमा पु¥याउनुभएको योगदानलाई सम्झने गरेको बताउनुभयो । यस वर्षदेखि समितिले पनि नेतृत्व लिएर विविध सांस्कृतिक कार्यव्रmमसहित गुरु रिम्पोछेको सम्मान गर्न सुरु गरिएको उहाँले बताउनुभयो । उहाँले आचार्य पद्मसम्भवलाई हिमाली बौद्ध परम्परामा दोस्रो बुद्धका रूपमा मान्दै आएको जानकारी दिनुभयो ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बौद्ध परम्परामा गुरु पद्मसम्भवको ठुलो महिमा रहेको र उहाँले मानव जीवन सफल पार्न धार्मिक पाटोबाट दिनुभएको सन्देशको पालन गर्ने कोसिस गर्नुपर्नेमा जोड दिनुभयो । परम्परागत विधाका कलाकार मुगुम जिग्मेका अनुसार आठौँ शताब्दीमा तत्कालीन उडियान धनकोष सरोवर (हालको अफगानिस्तान) मा उहाँको जन्म कमलको फूलमा भएको भन्ने कथन बौद्ध ग्रन्थहरूमा उल्लेख छ ।  बौद्धस्थित विभिन्न ७० भन्दा बढी सङ्घसंस्थाको सहभागितामा बौद्ध तीनचुलीबाट गुरु गरिएको रिम्पोछेको प्रतिमाको शोभायात्रा बौद्ध महाचैत्यमा पु¥याइएको थियो ।  शोभायात्रापछि सेछेन गुम्बाका लामा गुरुहरूले बौद्ध प्राङ्गणमा गुरु रिम्पोछेसँग सम्बन्धित अष्टलीला नृत्य (छेङ्गे छ्याम) प्रस्तुत गर्नुभएको थियो ।