• १६ साउन २०८२, शुक्रबार

किशोरीको हत्या आरोपमा एकजना पक्राउ

blog

अभियुक्त रामबाबु साह । तस्बिरः लक्ष्मी चौधरी ।

लक्ष्मी चौधरी  

जनकपुरधाम, साउन १५ गते। जनकपुरधाममा गत सोमबार १५ वर्षीया अन्जली यादवको खुकुरी प्रहार गरी हत्या गर्ने रामबाबु साह पक्राउ परेका छन्।

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरी बस्दै आउनुभएकी बटेश्वर गाउँपालिका–५ कि  आशा यदवको १५ वर्षीया छोरी अञ्जलीकुमारी यादवको हत्यामा संलग्न क्षीरेश्वरनाथ–९ का ३५ वर्षीय रामबाबु साह पक्राउ परेका हुन्।

धनुषा प्रहरीले साहलाई बुधबार राति करिब साढे १० बजेको समयमा क्षीरेश्वरनाथबाट पक्राउ गरेको हो। धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार साह यसअघि आफ्नो श्रीमतीको हत्या गरेको घटनामा पाँच वर्ष सजाय काटेर २०७७ मा रिहा भएका थिए।

साहले सोमबार राति साढे ११ बजेको समयमा खुकुरी प्रहार गर्दा अञ्जलीको उपचारको क्रम्ममा मृत्यु भएको थियो भने सो घटनामा अञ्जलीकी आमा, ३५ वर्षीया आशा यादवकी भतिजी १४ वर्षीया राधा यादव घाइते भएका थिए। 

मृतककी आमा आशाको धरानस्थित बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको तथा उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।