• १७ साउन २०८२, शनिबार

शिवम् सिमेन्टको कर्मचारी आवासमा आगलागी

blog

राममणि दाहाल
मकवानपुर, साउन १६ गते ।
हेटौँडा उपमहानगरपालिका– १६ स्थित शिवम् सिमेन्ट उद्योगको कर्मचारी आवासमा आगलागी भएको छ । कर्मचारी आवास क्षेत्रमा करेन्ट सर्ट भई बिहीबार आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुरको प्रहरी टोली, हेटौँडा उपमहानगरपालिकाको दमकल र सिमेन्ट उद्योगका कर्मचारीहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

आगलागीबाट माइक्रो भिजन, एसी, फ्रिज, किचन चिमनी, फिल्टर, सोफा सेट, ग्रान्डर, ह्विलचियर, टिभी, स्टिल दराज, डाईनिङ सेट, पङ्खा, ग्यास सिलिन्डर, फायर सिलिन्डर, कार्पेटलगायतका सामान गरी करिब २५ लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।