• १७ साउन २०८२, शनिबार

प्रदेश प्रमुख देवकोटा अस्पताल भर्ना

blog

अस्पताल भर्ना हुनुभएका बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १६ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा अस्पताल भर्ना हुनुभएको छ । मुत्र प्रणालीमा संक्रमण भएपछि उहाँ बिहीबार काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको हो ।

अस्पताल प्रशासनले दिएको जानकारीअनुसार प्रमुख देवकोटाको स्वास्थ्य अवस्था खतरामूक्त रहेको छ । केही समयदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँलाई अस्पताल भर्ना गरिएको उहाँको धर्मपत्नी रुक्मणी देवकोटाले बताउनुभयो । 

प्रमुख देवकोटाको स्वास्थ्य जाँचमा डा. प्रेम ज्ञवाली, डा. विवेक शर्मा, डा. सन्देश पन्थीको चिकित्सक समूह लाग्नुभएको पारिवारिक सदस्यहरुको भनाइ छ । प्रमुख देवकोटालाई आइतबारसम्म अस्पतालमा भर्ना गर्नुपर्ने र आइतबार रिपोर्ट आएपछि थप उपचारबारे जानकारी हुने बताइएको छ ।