काठमाडौँ, साउन १६ गते। गायक श्रीकृष्ण आले र गायिका शान्तारानी परियारको स्वर रहेको नखरा बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ। रबिन सिंहको शब्द संगीत, बिमल छिनालको एरेन्ज, मिक्सिगं तथा मास्टरिगं रहेको छ। मोडल जुना कार्की, रविन शाह र सरिताको अभिनय रहेको छमछम नचाउने शैलीको गीतको कोरियोग्राफी र निर्देशन रविन शाहले गर्नुभएको हो।
निर्देशक शाहले नखरामा सुन्दरी मोडलद्वय जुना र सरितालाई प्रस्तुत गर्नुभएको छ। राजेश घिमिरेको छायांकन रहेको गीतको सम्पादन तथा कलर दीपक विष्टले गर्नुभएको हो। भिडियो गायक श्रीकृष्ण आले स्वयमको अफिसियल च्यानलबाट बजारमा आएको हो।