• १५ साउन २०८२, बिहिबार

कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज हुने

blog

कांग्रेस संसदीय दल ।

राममणि दाहाल
मकवानपुर, साउन १४ गते ।
नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुँदै छ । कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेता निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

संसदीय दलको नेताका लागि बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले सार्वजनिक गर्नुभएको निर्वाचन तालिकामा उल्लेख छ ।

निर्वाचन प्रक्रिया बिहान ८ बजेबाट सुरु भएसँगै मतदाता नामावली प्रकाशन बिहान ८ बजे गरिएको छ ।

उम्मेदवारी दर्ता बिहान १० बजेदेखि ११ बजेसम्म, दावी विरोध ११ः३० बजेदेखि ११ः३० बजेसम्म, उम्मेदवारको नाम फिर्ता दिउँसो १२ बजेदेखि १  बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रशासन दिउँसो १ बजेदेखि रहेको निर्वाचन तालिका रहेको छ ।

यसअघि कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले निर्वाचन समिति बनाउने निर्णय गरेको थियो ।