• १५ साउन २०८२, बिहिबार

ज्येष्ठ नागरिक संघ मधेश प्रदेशको अध्यक्षमा झा

blog

ज्येष्ठ नागरिक संघ मधेश प्रदेशको अध्यक्षमा निर्वाचित हुनुभएको विजय किशोर झा । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीणकुमार शर्मा 
चन्द्रपुर (रौतहट), साउन १४ गते ।
ज्येष्ठ नागरिक संघ मधेश प्रदेशको अध्यक्षमा  रौतहटका ७४ वर्षीय विजय किशोर झा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

संघको अधिबेशनबाट ज्येष्ठ नागरिक संघ रौतहटका अध्यक्ष झा मधेश प्रदेश कार्य समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको ज्येष्ठ नागरिक संघ राष्ट्रिय कार्यकारिणी समिति सदस्य रमेश कुमार दत्तले जानकारी दिनुभयो ।

अधिबेशनले मधेश प्रधेश कार्य समितिको अध्यक्षमा झासँगै प्रथम उपाध्यक्षमा बाराका भरत मल्ल, महिला उपाध्यक्षमा पर्साका ज्योति शाह, महासचिवमा धनुषाका सूखचन्द्र लाल कर्ण, कोषाध्यक्षमा सर्लाहीका रबिन्द्र प्रसाद सिंह, सचिवमा सप्तरीका राम नरेश सिंह, उपकोषाध्यक्षमा महोत्तरीका राजेश्वर ठाकुर तथा सदस्यहरुमा सर्लाहीका सलमा नेशा खातून र रौतहटका महेश्वर लाल कर्ण सर्वसम्मतिबाट निर्वाचित हुनुभएको तदर्थ समिति संयोजक जगदीश शर्माले जानकारी दिनुभयो ।

उदघाटन सत्रमा मधेश प्रदेश युवा खेलकुद तथा समाज कल्याण मन्त्री  प्रमोद जयसवालले ज्येष्ठ नागरिकको हकहितका लागि प्रदेश सरकार सदैव साथमा रहेको बताउनुभयो ।

मधेश प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष झा ज्येष्ठ नागरिकको हकहित तथा अधिकारका लागि क्रियाशील हुनुहुन्छ । शिक्षण पेशाबाट निवृत जीवन विताइरहनु भएका अध्यक्ष झा २०२७ सालदेखि २०५४ सालसम्म राष्ट्रिय समाचार समितिमा रौतहट समाचारदाताको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

नवनिर्वाचित मधेश प्रदेश अध्यक्ष झाले समय ढल्दै गए पछि ज्येष्ठ नागरिकहरु भोग्दै आएको पीडालाई कम गरी मानविय जीवन व्यतित गर्नेतर्फ प्रदेश कार्यसमिति सक्रिय रुपमा भूमिका खेल्ने बताउनु भयो  ।