अर्जुन काफ्ले
स्याङ्जा, साउन १४ गते । गल्याङ नगरपालिकाले बुधबार शोक विदा दिएको छ । वडा नं– ३ का वडा सदस्य तथा नगरसभा सदस्य नारान बहादुर थापाको सोमबार भएको निधनप्रति शोक व्यक्त गर्दै आज शोक विदा दिने घोषणा गरेको हो ।
नगरप्रमुख गुरुप्रसाद भट्टराईले एक शोक विज्ञप्तिमा दिवङ्गत थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै “पालिकाले एक होनहार, इमानदार र सच्चा जनप्रतिनिधि गुमाएकोमा स्तब्ध छ’’ भन्नुभएको छ ।
स्थानीय तहमा जनताको सेवामा समर्पित एक कर्मठ प्रतिनिधिको असामयिक निधनले सम्पूर्ण पालिकालाई शोकाकुल बनाएको विञप्तीमा जनाइएको छ ।
बुधबार पालिका भित्रका सबै कार्यालय बन्द हुने र सेवा बन्द हुने बताइएको छ । ६५ वर्षीय थापा स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित हुनुभएको थियो ।