• २० जेठ २०८१, आइतबार

गुणास्तरहीन सडकको नाली भत्काइयो

blog

बराम्ची सडकको राम्चे सडकमा मापदण्ड विपरीत निमार्ण गरिएको नाला भत्काउदै अनुगमन टोली । चित्र मिजार

सिन्धुपाल्चोक, असार ७ गते । जुगल गाउँपालिका–५ बराम्ची सडकको राम्चे खण्डमा निमार्ण गरिएको गुणास्तरहीन नाला जनप्रतिनिधिले भत्काएका छन् । नाला निमार्ण गुणास्तरहीन भएको ब्यापक जनगुनासो बढेपछि उक्त गाउँपालिकाका उपाध्यक्ष हिमालकुमार श्रेष्ठ नेतृत्वको टोलीले उक्त गुणास्तरहीन नाला भत्काएर पुन गुणास्तरयुक्त नाली निमार्ण गर्न ठेकेदारलाई निर्देशन दिइएको छ ।

उपाध्यक्ष श्रेष्ठले प्राबिधिक टोली लिएर नाला निमार्णको अनुगमन गर्न पुग्नु भएको थियो । नाला निमार्णमा कंक्रीट आवश्यकता अनुसार प्रयोग नगरिएको, पिपिसि गर्दा सामान्य मापदण्ड समेत पालना नगरेकोले नाला भत्काएर पुन निमार्ण गर्न ठेकेदार पक्षलाई निर्देशन दिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ । एक सय मिटर भन्दा बढी नाला भत्काइएको छ ।

नाला निमार्ण गुणास्तरहीन देखिएकोले भत्काएर गुणास्तरयुक्त नाला निमार्ण नगरेसम्म भूत्तानी रोक्ने उहाँले बताउनुभयो । गाउँपालिकाका प्राबिधिक संदेश ढुंगेलले उक्त नाला निमार्णमा प्रयोग भएका सामाग्री गुणास्तरहीन भएको बताउनु भयो । 

Author

चित्र मिजार