गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ७ गते । नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट भएका छन् । मदन पुरस्कार गुठीले मङ्गलबार विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि प्राप्त २९९ पुस्तकबाट उत्कृष्ट सातको सङ्क्षिप्त सूची सार्वजनिक गरेको हो । गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्ति अनुसार छनोटमा परेका कृतिमा कथा, कविता, यात्रा संस्मरणदेखि गैरआख्यानसम्मका पुस्तक रहेका छन् । यी सातमध्ये एक कृतिलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिने छ ।
छनोटमा परेका कृतिमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो : कैलाशदेखि गङ्गासम्म, कुमारी लामाको दज्र्यु संलाप, मनप्रसाद सुब्बाको पञ्चतìवको पालाम, श्रेयज सुवेदीको बहुरूपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन सम्बन्ध र भारत) र तीर्थ गुरुङको हिउँको गीत रहेका छन् ।