• ८ साउन २०८२, बिहिबार

आर्मीलाई मनाङको धक्का

blog

बल खोस्ने प्रयास गर्दै मनाङ र आर्मीका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, साउन ७ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई एन्फा यु–१६ युथ लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबको धक्का लागेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा मनाङले आर्मीलाई २–० गोलले हरायो । मनाङको जितमा दुवै गोल प्रकाश सिंहले गोल गर्नुभयो ।

दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा प्रकाशले ४९औँ र ५४औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै सात खेलबाट १४ अङ्क बनाएको मनाङ पाँचौँ स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अङ्क बनाएको आर्मी १३औँ स्थानमा छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउनेछ । 

यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।