• ८ साउन २०८२, बिहिबार

श्रीलङ्का पोर्टसमाथि हेल्प नेपालको सहज जित

blog

हेल्प नेपालका खेलाडी । तस्बिर : हेल्प नेपालको फेसबुकबाट

काठमाडौँ, साउन ७ गते । माल्दिभ्समा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) पुरुष क्लब च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले श्रीलङ्का पोर्टस अथोरिटीमाथि सहज जित निकालेको छ । 

लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले पोर्टस अथोरिटीलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले २५–१६, २५–१२, २५–२३ को नतिजा निकालेको थियो । 

जितसँगै पाँच खेलबाट ११ अङ्क बनाएको हेल्प नेपाल लिगका तेस्रो भएको छ । अब काँस्य पदकका लाथि हेल्प नेपालले पुनः पोर्टस अथोरिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

यसअघि लिग चरणको अन्य खेलमा हेल्प नेपालले काजकिस्तानको झाइयक, माल्दिभ्सको धिवेही सिफाइङ्गे र क्लब एचडिसीलाई हराएको थियो । हेल्प नेपालले किर्गिस्तानको बिस्केसँग भने हार खेपेको थियो ।