• ६ साउन २०८२, मङ्गलबार

सिँचाइ नहुँदा जमिन बाँझै

blog

चङ्खेली समाचारदाता

हुम्ला, साउन ५ गते । सिँचाइ सुविधा नहुँदा हुम्लाको अदानचुली गाउँपालिकाका उर्वर जमिन बाँझै भएको छ । चिनो, कागुनो, मकै, मास्र्या, कपास अन्नबालीसहित काउली, मुला, आलु, बन्दालगायत तरकारी उत्पादन गर्न सकिने अदानचुली गाउँपालिका–१, २ र ३ को श्रीनगर, कल्खे, कफाडी, डिलकफाडी, रातीमाटा, जुक्यानाको उर्वर जमिन सिँचाइ अभावले बाँझै रहेको हो । 

सिँचाइ सुविधा भएका हुरा, गल्फागाड, गारपाली, ढकानी कुनाकाजमिन भने सधैँ हराभरा हुन्छन् । अन्य ठाउँमा भने स्थानीयवासीले बर्खामा मात्रै खेती गर्ने गरेका छन् तर केही वर्षयता सो जमिन सिँचाइ अभावले बाँझो हुँदै गएको छ ।