• २० असार २०८१, बिहिबार

फिल्म 'दोख'को शीर्ष गीत रिलिज

blog

काठमाडौं, असार ३ गते । अनुप बरालले निर्देशन गर्नुभएको फिल्म 'दोख'को शीर्ष गीत रिलिज भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो ।

चर्चित लोकपप ब्यान्ड नेपथ्यका गायक अमृत गुरुङको स्वरमा रहेको यो गीतसँगै उहाँले फिल्म संगीतको सुरुवात गर्नुभएको छ । श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको गीतलाई नेपथ्य ब्यान्डले एरेन्ज गरेको हो । 

असार २४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको पटकथा राजन कठेतले लेख्नुभएको हो । फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठ, राज थापा, सुरज मल्ल, कमल देवकोटा र साजन थापाको अभिनय छ ।

फिल्मका निर्माता सविन ज्ञवाली र मनोज अधिकारी हुन् । शैलेन्द्र कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्नुभएको हो । 

यस्तै, भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको एसोसिएट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रवीन पाठक, सुमिता आचार्य, दीपक खनाल र युवराज भट्टराई हुनुहुन्छ ।