• ५ असोज २०८१, शनिबार

मंकिपक्स आशङ्का गरिएका पुरुषमा कुष्टरोग पुष्टि

blog

काठमाडौं, असार ३ गते । मंकिपक्स भएको आशंकमा अस्पताल भर्ना भएका पुरुषमा कुष्ट रोग पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले शुक्रबार विज्ञप्ति निकाल्दै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमाभर्ना भएका ती पुरुषमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीले परीक्षण गर्दा कुष्ठरोगको जिवाणु भेटिएको  पुष्टि भएको बताएको हो ।

मंकिपक्स जस्तो लक्षण देखिएकोले बिहीबार २६ वर्षीय उहाँलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्सले विदेशबाट आउनुभएका ती पुरुषलाई मंकिपक्सको लक्षणसँग मिल्दो जुल्दो लक्षण देखिएकाले बिहीबार सो अस्पतालमा पठाइएको थियो ।

विश्वका २९ वटा देशका एक हजार भन्दा बढीमा फैलिएको मंकिपक्स नेपालमा अहिलेसम्म पुष्टि नभएको जनाएको छ ।