• २० असार २०८१, बिहिबार

ओलम्पियनहरुको पुनर्मिलन हुने

blog

ओलम्पिक डे कार्यक्रम बारे जाकारी गराउँदै नेपाल ओलम्पियन संघका पदाधिकारी । तस्बिर : राखेप

काठमाडौं, असार ३ गते । नेपाल ओलम्पियन सङ्घले ओलम्पिक डेका अवसरमा ओलम्पियनहरुलाई  पुनर्मिलन गराउने भएको छ । सङ्घले असार ७ गते अहिलेसम्म ओलम्पिकमा सहभागी सबै खेलाडलाई भौति रुपमा भेला गराई पुनर्मिलन गराउन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष दीपक बिष्टले जानकारी दिनुभयो । 

नेपालले १९६४ मा टोकियोमा आयोजना भएको ओलम्पिकबाट ओलम्पिकमा उपस्थिती जनाएको थियो । सङ्घले सो बेलादेखि २०२० को टोकियो ओलम्पिकसम्मका ओलम्पियनहरुको पुनर्मिलन गर्न लागेको हो । कतिपय ओलम्पियनको स्वर्गारोहण भइसकेको छ । 

‘आआफ्नो कार्य ब्यस्तताका कारण सबै सधैं एकै ठाउँमा भेला हुन नसक्ने अवस्था रहेकोले भ्रातृत्व र आत्मीयता साटासाट गर्न पुनर्मिलनको आयोजना गर्न लागिएको हो,’ बिष्टले भन्नुभयो । उक्त अवसरमा अग्रजलाई सम्मान गर्ने र दिवंगत ओलम्पियनहरुलाई विशेष सम्झना गर्ने पनि अध्यक्ष बिष्टले बताउनुभयो । सङ्घले ओलम्पिक डे का अवसरमा ओलम्पियन पुनर्मिलनसँगै टेबलटेनिस, मैत्रीपूर्ण फुटबल, अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गर्ने पनि जनाएको छ ।