• २१ जेठ २०८२, बुधबार

बजेट कार्यान्वयन हुनसके ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव छ : अध्यक्ष ढकाल

blog

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडाैँ, जेठ १९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । 

सोमबार काठमाडौँमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेट : अ होलिस्टिक डिसकर्स’मा बोल्दै उहाँले बजेटको कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभएको हो । 

उहाँले सुशासन बिना राम्रो नतिजा दिन नसकिने बताउनुभयो । उहाँले सुशासन पालना गराउन नसके देशले खोजेको नतिजा आउन नसक्ने बताउनुभयो । सरकारले अपेक्षा गरेको ६ प्रतिशतको आर्थिक वृद्धिदर बजेट राम्रोसँग कार्यान्वयन हुनसके सम्भव रहेको उहाँकाे भनाइ छ । 

अध्यक्ष ढकालले बजेटले उल्लेख गरेको खानीजन्य वस्तुहरू आन्तरिक प्रयोग र निर्यात गर्ने कुराबाट पछाडि फर्किन नहुने बताउनुभयो ।