• १५ वैशाख २०८१, शनिबार

भिडियो कुराकानी : मौसम र बालबालिकाको स्वास्थ्य

‘गर्मी मौसममा भाइरस बढी सक्रिय हुन्छ’

blog

काठमाडौं, जेठ २९ गते। गर्मी मौसम सुरुभएसँगै बालबालिकामा संक्रमणजन्य रोग देखिन थालेका छन्। समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको संख्या बढ्दै गएको छ।  कान्ति बालरोग अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. अनिल श्रेष्ठ गर्मी यो मौसमा भाइसर बढी सक्रिय हुने बताउनुहुन्छ।  उहाँका अनुसार पछिल्लो केही दिनयता बालबालिका विभिन्न भाइरसबाट बिरामी भएर अस्पतालमा चाप बढेको छ।

बालबालिका भाइरल ज्वारो, रुघाखोकी, जण्डिस, पसिनाले गर्दा शरीरमा डाबर, निमोनिया, श्वासप्रश्वास, झाडापखाला बान्तालगायतका स्वास्थ्य समस्या लिएर अस्पतालमा आउने गरेको डा. श्रेष्ठ बताउनुहुन्छ। गर्मी मौसममा यस्ता समस्या खानेकुराबाट हुनेहुँदा सकेसम्म पानी उमालेर खाने र बासी खानेकुरा नखान उहाँको सुझाव छ। 

दुई वर्ष मुनिका बालबालिकालाई नाक बन्द हुने, रुघा लाग्ने, निमोनिया हुने र स्वासप्रश्वासमा समस्या देखिने हुँदा यस्ता बच्चालाई विशेष ध्यान दिन अभिभावकलाई डा. श्रेष्ठले आग्रह गर्नुभयो। 

 गर्मी मौसममा बालबालिकामा के कस्ता स्वास्थ्य देखिन्छन् ? समाधानका उपाय के के हुनसक्छन् ? भन्ने विषयमा गोरखापत्र अनलाइनका लागि सिर्जना खत्री, मनोजरत्न शाही र केशब गुरुङले कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. अनिल श्रेष्ठसँग गर्नुभएको कुराकानी :  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।