• १४ वैशाख २०८१, शुक्रबार

फ्रिडम ‘ए’ सेमिफाइनलमा

blog

म्यान अफ दि म्याचलाई पुरस्कार प्रदान गरिँदै । तस्बिर : राखेप

काठमाडौं, जेठ २८ गते । फ्रिडम ‘ए’ प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा शनिबार फ्रिडम ‘ए’ ले रुपन्देहीलाई ९–१ गोलले हरायो । 

फ्रिडम ‘ए’ का विकर्ण श्रेष्ठले ६ गोल गर्नुभयो । उहाँ ‘म्यान अफ दि म्याच’ बन्नुभयो । नरेन्द्र लामा, राजकुमार घिसिङ र गौतम लामाले एक एक गोल थप्नुभयो । बौद्ध भेट्रान ‘ए’ र किङ कम स्पोर्ट्सले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ । बौद्ध ‘ए’ ले जंगवीर युनाइटेडलाई १–० गोलले हरायो । 

बौद्धको जितमा तीर्थ लामाले पेनाल्टीमार्फत निर्णायक गोल गर्नुभयो । किङ कमले बौद्ध ‘बी’ लाई टाइब्रेकरमा ५–४ गोलले पाखा लगायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । सेमिफाइनलमा किङ कमले फ्रिडम ‘ए’ र बौद्ध ‘ए’ ले ढोलाहिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।