• १३ असार २०८१, बिहिबार

पृथ्वीराजमार्ग भासियो, यातायात ठप्प

blog

तनहुँ, जेठ २७ गते । पृथ्वीराजमार्गको आँबुखैरेनी मुग्लिन खण्डमा सडक भासिँदा शुक्रबार विहान ५ बजे देखि नै पृथ्वीराजमार्ग अबरुद्ध भएको छ । 

तनहुँको आँबुखैरेनी खैरेनी गाउँपालिका–४ मस्र्याङ्दी जलविद्युत केन्द्रको ड्याम साइड नजिक राजमार्गको मूनिबाट पहिरो खसेकोले यातयात अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिनुभयो । 

‘ठुलो परिमाणमा सडक भासिए मस्र्याङ्दी नदीमा खसेकोले जोखिम भएकाले दुवैतर्फी यातायात बन्द गरिएको छ’ घटनास्थल पुग्नु भएका नेपालले भन्नुभयो । पहिरो खसेको ठाउँमा एक सवारी पुरिएको अवस्थामा भेटिएकाले मानवीय क्षती समेत भएको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । पहिरो करिव एक सय मिटर तल सम्म खसेको र तारेभिर भएकोले उद्धार गर्न कठिनाई भएको ट्राफिक प्रमुख नेपालले जानकारी दिनुभयो । ‘नदी बढेको छ, भिर भएकोे सिधै तल झर्न सक्ने अवस्था पनि नभएकोले उद्धारमा कठिनाई भएको छ’ ट्राफिक प्रमुख नेपालले भन्नुभयो । 


 जनपथ प्रहरीले मात्रै उद्धार गर्न कठिनाई भएकोले नेपाली सेना र शसस्त्र प्रहरीको टोलीलाई मगाईएको उहाँले जानकारी दिनुभयो । नदी किनाराबाटै टेवा पर्खाल (रिटेनिङ वाल) लगाएर मात्रै राजमार्ग सूचारु गर्न सकिने हुँदा तत्कालै राजमार्ग सूचारु गर्ने अवस्था नभएको नेपालले बताउनुभयो । बिहीबार राती परेको अविरल वर्षाले सडक भासिएको प्रहरीले जनाएको छ । 


Author

अमरराज नहर्की