• ७ वैशाख २०८१, शुक्रबार

आईसीसी विश्वकप लिग–२ : नेपाल ओमानसँग पराजित

blog

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल । तस्बिर : क्यान

काठमाडौं, जेठ २७ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले त्रिदेशीय सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको छ । अमेरिकाको ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।

ओमानले दिएको २ सय १२ रनको लक्ष्य विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९८ रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रन बनाउनुभयो । देव खनालले ३४, रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन बनाउनुभयो ।  विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र नेपाली सिनियर टोलीका डेब्यु गर्नुभएका सुनिल धमलाले १२ तथा करण केसीले ८ रन जोड्नुभयो । 

ओपनर सुवास खकुरेलले ३ र कप्तान सन्दीप लामिछाने २ रन बनाउमा आउट हुनुभयो । सुशन भारी सुन्य रनमा अविजित रहनुभएको थियो । बलिङमा नेपालका ओमानका जिसन मक्सुद र खवर अलिले तीनतीन विकेट लिनुभयो । बिलाल खानले दुई विकेट भाmर्नुभयो । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । 

ओमानका लागि जिसन मक्सुदले अविजित १ सय ४ रनको शतकीय इनिङ्स खेल्नुभयो । खवर अलीले ३०, सोयब खानले २७ र सुरज कुमारले १२ रन बनाउनुभयो । बलिङमा नेपालका करण केसीले पाँच विकेट लिनुभयो । ३८ रन खर्चिएर पाँच विकेट निुभएका करण एकदिवसीय अन्तराष्ट्रियको एउटै खेलमा नेपालका लागि पाँच विकेट लिने तेस्रो खेलाडी बन्नुभएको छ । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले पनि पाँच विकेट लिनुभएको थियो । सन्दीपले दुई तथा सोमपालले एक विकेट लिनुभयो ।  

यस हारसँगै लिगमा १३ खेल सकेको नेपाल १२ अंक सहित छैटौं स्थानमा छ । ४२ अंक बनाएको ओमान शीर्षस्थानमा छ । दोस्रो खेलमा नेपालले शनिबार मेरिकाविरुद्ध खेल्नेछ । तेस्रो खेल जेठ ३१ गते ओमानविरुद्ध र अन्तिम खेल असार १ गते अमेरिकाविरुद्ध खेल्नेछ ।

लिग–२ अन्तर्गत सिरिजमा यसअघि १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।