• ७ पुस २०८१, आइतबार

दाउरा खोज्न ह्विलचेयरसँगै जङ्गल पस्छन टीकाराम

blog

टीकाराम तामाङ ह्विलचियरमा दाउरा लिएर कानेपोखरी जङ्गलबाट घर तिर फर्कैदै । तस्बिरः हरिप्रसाद कोइराला

उर्लाबारी, जेठ २६ गते । अपाङ्गता भएपनि मोरङको कानेपोखरी –५ का ५१ वर्षीय टीकाराम तामाङ औषत मानिसहरू जस्तै सबै काम गर्नुहुन्छ  । घरायसी सबै काममा पत्नीलाई सहयोग गर्ने टीका  ह्विलचेयर लिएर दाउरा लिन जङ्गल पनि एक्लै जानुहुन्छ ।

साथीभाई र छिमेकीले १-२ वटा दाउरा खोजि दिन्छन् र ह्विलचेयरमा लोड गरिदिन्छन्,त्यही लिएर आउँछु । ह्विलचेयरमा दाउरा बोकेर घर फर्कदै गर्नुभएका तामाङले भन्नुभयो । वर्षमा तीन पटक जेठ, असोज र पुस महिनामा उपभोक्ताका लागि सामूदायिक वनले जङ्गलबाट दाउरा ल्याउन अनुमति दिन्छ । त्यो पनि एक पटकमा ५ दिन मात्र । यो अवधिमा दाउरा खोज्न सामुदायिक वन क्षेत्रमा पस्ने उपभोक्ताको संख्या १० हजार भन्दा बढी हुनेगर्छ । 

१३ बर्ष अघि सिविआरले दिएको ह्विलचेयरमा टीकारामले दाउरा बोक्न थालेको १२ वर्ष भयो । ह्विलचेयरमा दाउरा बोक्नु हुदैन भन्ने ज्ञान नभएको होइन् । 

दाउरा काट्न जङ्गल जाँदा उपभोक्ताहरुलाई खुकुरी र नाम्लो मात्र लान दिइन्छ । तर, टिका तामाङ एकमात्र त्यस्ता उपभोक्ता हुन् । उहाँ, ह्विलचेयरमा जङ्गल जानुहन्छ । उहाँसँग न त दाउरा काट्ने हतियार हुन्छ, न दाउराको भारी बाँध्ने डोरी नै । उहाँ भन्नुहुन्छ–श्रीमतीले बनिबुतो गरि ल्याएको अन्न काँचै खान मिलेन, घरमा दाउराको चोइटो सम्म हुँदैन । गोबर ग्यास राख्ने क्षमता छैन । टीकारामले दाउरा लिन जङ्गल जानु परेको कारण पुष्टि गर्नुभयो ।

टीका  जन्मदै अपाङ्गता हुनुहुन्थ्यो । उहाँका दुवै खुट्टा चल्दैनन् । आफुलाई दुःखी, कमजोर र अपाङ्गता देखाउन पटक्कै मन नपराउने तामाङ श्रम गरेरै खानुपर्ने मान्यतामा अडिग हुनुहुन्छ । टीकाले २०५६ मा सपाङ्ग टीका तामाङसँग मागी बिवाह गर्नुभयो  । उहाँका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । अपाङ्ग श्रीमान् र सपाङ्ग श्रीमती भएपनि उहाँहरुको जोडी एक आपसमा सहयोगी छ । श्रीमती टीकामाया भन्नुहुन्छ –भाग्य अनुसारको जीवनयापन गर्नु पर्ने हो । उहाँले थप्नुभयो घर बाहिरको काम म गर्छु , उहाँले घर भित्रको काममा भरथेक गर्नुहुन्छ । १३ बर्ष अघि सिविआरले दिएको ह्विलचेयरमा टीकारामले दाउरा बोक्न थालेको १२ वर्ष भयो । ह्विलचेयरमा दाउरा बोक्नु हुदैन भन्ने ज्ञान नभएको होइन् । तर,मान्छेले काँचै अन्न खान नहुने । बर्षमा तीन पटक २० दिनका लागि दाउरा खुल्छ, त्यो बेला मौका छोपेन भने दाउराको जोहो हुदैन । 

टीकाराम भन्नुहुन्छ–ह्विलचेयरमा दाउरा बोक्नु मेरो बाध्यता हो । आफु घर बसेर श्रीमतीलाई दाउरा लिन पठाउने हो भने, अन्नको जोहो हुदैन–उहाँले ह्विलचेयरमा दाउरा बोक्नुको प्रमाण जुटाउने प्रयास गर्नुभयो । त्यसो त टीकालाई सरकारी र गैर सरकारी निकायले कुनै सहयोग गरेको छैन् । तीन जना छोरा छोरीलाई टीकाराम र टीकामायाले बनिबुतो गरेर पाल्नु भएको छ । आफु अपाङ्ग भएपनि परिवारका सवै सदस्य सपाङ्ग छन् । त्यही खुसीले अरु सवै दुःख बिर्सिएको बताउने टीका भन्नुहुन्छ –गाउँपालिकाले छोरा छोरीलाई पढाउन सहयोग गरे हुन्थ्यो । भात त जेनतेन खाएकै छौं नि । 

Author

हरी कोइराला