• २२ वैशाख २०८२, सोमबार

प्रहरीद्वारा हवाइ फायर : २०४ ग्राम ब्राउन सुगर बरामद

blog

प्रहरीले बरामद गरेका ब्राउनसुगर । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का
बिर्तामोड, वैशाख २२ गते ।
खुला सीमा भारतबाट नेपालतर्फ ठुलो परिमाणको लागु औषध ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई राउन्ड हवाइ फायर गरी २०४ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।

सोमवार  बिहान करिब ८ः४० बजे प्रहरीले सुरुङ्गा–झापा अमरपथ सडकखण्डस्थित दक्षिणी भारत हुँदै नेपालतर्फ आउँदै गरेको बीआर ३७ टी ९१९८ नम्बरको भारतीय मोटरसाइललाई शङ्का लागि झापा कनकाई नगरपालिका ५ चप्रामारीमा प्रहरीले रोक्न खोज्दा झोला फालेर फरार भएका थिए ।

फरार व्याक्तिलाई लखेटने क्रममा प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख वरिष्ठ नायब निरीक्षक राधाकृष्ण दाहालको नेतृत्वमा रहेको प्रहरी टोलीले मोटरसाइकल र झोला फेला पारेको हो ।

झोलामा पोका पारिएको २०४ ग्राम लागु औषध ब्राउनसुगर फेला परेको छ । ती व्यक्ति भारततर्फनै भागेको र उनीको भारतीय प्रहरी समेतको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीेले जनाएको छ । 

कनकाई नगरपालिका–४ मा गत माघ २२ गते दाहाल नेतृत्वमा प्रहरी टोलीले ६ राउन्ड गोली प्रहार गरी दुई जना लागु औषध कारोबारीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका दुई जना हाल जिल्ला कारागार झापामा रहेका छन् ।