• ९ जेठ २०८१, बुधबार

संघीयता कार्यान्वयनमा जसपा अध्यक्ष यादवका जोड

blog

जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु । तस्विर – नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कण 

महोत्तरी, जेठ २५ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको जनमत विभाजन हुन नदिन आफू अगाडि बढ्ने बताउनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा नवनिर्वाचित पदाधिकारीहरुलाई गरिएको सम्मान कार्यक्रममा बोल्नुहँदै उहाँले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)लाई मधेशको जनमत विभाजन हुन नदिनको लागि स्पष्ट हुन आग्रह गर्नुभयो ।

उहाँले मधेश र मधेशीको लागि छाती चौडा गरेर आउन आग्रह गर्नुहुँदै आगामी निर्वाचनमा एकजुट भयौं भने मधेशको जनमतको सम्मान समेत हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरुले के दिन्छ, दिँदैन तथा यसले मधेशलाई के फाइदा वा बेफाइदा हुन्छ, स्पष्ट भएर आउन म लोसपा पार्टीलाई आग्रह गर्न चाहन्छु ।’

विगतमा मधेशको जनसंख्या ४६ प्रतिशत रहे पनि अहिले ५३ प्रतिशत जनसंख्या भएकाले सोही अनुपातमा निर्वाचन क्षेत्र कायम हुनुपर्ने बताउनुभयो । 

 नागरिकता अभावमा लाखौं जनता मताधिकारबाट बञ्चित हुनुपरेको जानकारी दिनुहुँदै उहाँले सदनबाट नागरिकता विधेयक पारित गरेर नागरिकता वितरण गरिन् कुरामा जोड दिनुभयो । 

उहाँले संघीयतालाई फेल गराउन प्रतिगमनकारी शक्तिहरु लागिपरेको बताउनुहुँदै उहाँले सचेत हुन सबैमा आग्रह गर्नुभयो ।