• १६ असार २०८१, आइतबार

बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु

blog

शालिग्राम नेपाल 

चितवन, जेठ २४ गते । चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका ५० वर्षीया महिलाको मंगलबार दिउँसो बाघको आक्रमणबाट ज्यान गएको हो ।

चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार मंगली बोटेसहित चार जना निउरो टिप्न जाँदा बोटेको ज्यान गएको जानकारी दिनुभयो । घटनाको बारेमा पुष्टि भएपछि चारवटा हात्ती प्रयोग गरेर बोटेको खोजी भइरहेको जानकारी दिनुभयो ।