• २१ असार २०८१, शुक्रबार

भ्रामक प्रचार अभियानप्रति श्रममन्त्री श्रेष्ठकाे ध्यानाकर्षण

blog

काठमाडौं, जेठ २३ गते । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पार्टी निर्णय र नेतृत्वलाई चुनौती दिएको भनेर केही अनलाइन समाचार पोर्टल तथा सामाजिक सञ्जालमा चलाइएका भ्रामक प्रचार अभियानप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गर्दै उहाँले भन्नुभएको छ, ''विशेषतः मलाई मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी र नेतृत्वप्रति म सदा आभारी छु । मुलुक र पार्टी जीवनमा फरक राजनीतिक अभ्यासको विकास भइरहेको सन्दर्भमा विधि र पद्धतिको पक्षधर कार्यकर्ताको रुपमा म क्रियाशील र प्रतिवद्ध छु ।''

पार्टी निर्णय नमान्ने चेतावनी दिएको भन्नेजस्ता झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै यस्तो भ्रममा नपर्न सबैमा मन्त्री श्रेष्ठले सबैमा अपिल गर्नुभएको छ ।