काठमाडौँ, वैशाख २ गते । नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसन (एनएसएसए) को आयोजनामा आठौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप यही वैशाख ५ र ६ गते हुने भएको छ ।
प्रतियोगितामा फ्रिस्टाइल विधाअन्तर्गत उत्कृष्ट ट्रिक र उत्कृष्ट दौड समावेश गरिएको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा एनएसएसएका अध्यक्ष अच्युत खनालले जानकारी दिनुभयो। प्रतियोगितामा एक सय ५० पुरुष र एक सय ५० महिला गरी चार सय खेलाडीको सहभागिता रहने छ ।
टोखास्थित स्केटर्स नेपाल स्केटपार्कमा हुने प्रतियोगितामा सातै प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । छनोट प्रतियोगिता शुक्रबार तथा मुख्य प्रतियोगिता शनिबार हुने छ। पुरुष तथा महिला दुवै विधाका विजेता, उपविजेता र तेस्रो हुनेले क्रमश:२५, २० र १५ हजार रुपियाँ पुरस्कार पाउने छन् ।