• २ वैशाख २०८२, मङ्गलबार

अर्जुनचौपारीका २६ जनामा मोतियाबिन्दु

blog

आँखाको उपचार गरिँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख १ गते ।
अर्जुनचौपारी गाउँपालिकाका २६ जनामा मोतियाबिन्दु देखिएको छ । गाउँपालिकाले हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क आँखा जाँच शिविर तथा पालिकाको एकीकृत शिविरमा आँखाका बिरामीमा मोतियाबिन्दु भेटिएको हो ।

पालिकाका भित्रका ५० वर्षमन्दा माथिका १८८ जना आँखाको बिरामीको उपचारमा१७ जना र यस अघि गरिएको एकीकृत घुम्ति शिविरमा ११ जनासहित २६ जनामा  मोतियाबिन्दु भेटिएको हो । उनीहरुको निःशुल्क शिल्यक्रिया गरिने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । 

शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामीहरुको गर्हौँ प्राथमिक अस्पताल वालिङ्मा सञ्चालन हुने शिविरमा वैशाख ६ र ७ गते निःशुल्क शल्यक्रिया गरिने छ ।