काठमाडौँ, जेठ १९ गते । विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को बोर्ड बैठक र नेपाल हेरिटेज रनको तयारी पूरा भएको छ ।
काठमाडौँ र ललितपुरको सम्पदा जोड्ने २५ किटी दौड, एम्सको बोर्ड बैठक र अन्तर्राष्ट्रिय रनिङ कन्फ्रेन्सको सम्पूर्ण तयारी पूरा भएको आयोजक रेस नेपालका अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो ।
जेठ २४ गते शनिबार हुने रेसमा पुरुष र महिलातर्फका विजेता, उपविजेता र तेस्रो हुनेले क्रमश: एक लाख, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । चौथो देखि १०औँसम्म रहनेलाई पनि नगद पुरस्कार राखिएको छ । यस्तै रेसअघि जेठ २१ र २२ गते एम्सको बोर्ड बैठक र २३ गते नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स हुनेछ ।
एम्सको बोर्ड बैठकमा युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, सिंगापुरलगायत दक्षिण एसियाली गरी दुई दर्जन देशको सहभागिता रहनेछ । यस कार्यक्रम सम्पन्न गर्न ८० लाख रुपियाँ चर्ख हुने पनि अध्यक्ष ठकुरीले बताउनुभयो ।