• ५ वैशाख २०८२, शुक्रबार

टाउको नभएको अवस्थामा महिलाको शव फेला

blog

शिवराज ढुंगाना 

अछाम, चैत २९ गते । जिल्लाको ढकारी गाउँपालिका–२ चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको बेवारिसे शव फेला परेको छ । 

स्थानीयको सूचना अनुसार प्रहरी शवको पहिचान र अनुसन्धानका लागि प्रहरी टोली खटाइएको अछाम अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

टाउको नभएको अवस्थामा फेला परेको शवको पहिचान खुल्न बाँकी रहेको बताइएको छ । “लाश सडिसकेको अवस्थामा छ, स्थानीय प्रहरी त्यहाँ प्रहरी पुगिसकेको छ, थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा अर्को टोली पठाएका छौँ,” प्रमुख भण्डारीले भन्नुभयो । 

टाउको नभएकोले घटना शङ्कास्पद हुनसक्ने भन्दै अछाम प्रहरीले घटानालाई गम्भीर रूपमा लिएको बताएको छ । शव सडेको अवस्थामा रहेको बताइएको छ ।