• १२ असार २०८१, बुधबार

आसिफ र कुशल घाइते, सुवासलाई मौका

blog

काठमाडौं, जेठ २२ गते । अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल अभ्यास खेलका क्रममा घाइते हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आसिफ र कुशल घाइते भएकोले नेपालका अभ्यास गरिरहनुभएका सुवास खकुरेललाई अमेरिका पठाउने तयारी गरिएको जनाएको छ ।

क्यानले आइतबार विज्ञप्ती जारी गर्दै आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जेठ २६ देखि सुरु हुने त्रिदेशीय सिरिज खेल्न सुवासलाई पठाउने निर्णय गरेको उल्लेख गरेको छ । सुवास र कुशललाई अभ्यास खेलका क्रममा चोट लागेको हो ।

नेपाल सहित आयोजक अमेरिका र ओमानबीच हुने सिरिजमा नेपालले आफ्नो पहिलो खेल जेठ २६ गते ओमानसँग खेल्दैछ । दोस्रो खेल २८ गते अमेरिका, तेस्रो खेल ३१ गते ओमान र असार १ गते अमेरिकाविरुद्ध खेल्नेछ ।