• १९ चैत २०८१, मङ्गलबार

राजनीति जनताको आँसु पुछ्ने कला हो : सांसद शाही

blog

काठमाडौँ, चैत १६ गते। नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बाजुराका प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले राजनीति जनताको आँसु पुछ्ने कला भएको बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै शाहीले यस्तो बताउनुभएको हो। उहाँले अब देश बनाउने कांग्रेस र एमालेको काम भएकोसमेत प्रष्ट पार्नुभएको छ। 

सांसद शाहीको जन्म २०२९ असोज ८ गते बुवा गोकुल र आमा भागीसरा शाहीको कोखबाट बाजुरामा भएको हो। उहाँको जन्म बाजुराको स्वामीकार्तिक खापरमा भएको हो। पछिल्लो समय उहाँ काठमाडौँको चन्द्रागिरी ५ गुर्जुधारामा बसोवास गर्दै आउनुभएको छ। प्रतिनिधि सभामा खस आर्य कोटाको प्रतिनिधित्व गर्दै सांसद बन्नुभएका शाहीले मानविकीमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ।


२०४८ सालबाट राजनीतिमा आबद्ध उहाँ नेकपा (एमाले)को केन्द्रीय सदस्य हुनुहुन्छ। केही समय बालाजु औद्योगिक क्षेत्रको प्रमुख भएर कामसमेत गर्नुभएका शाहीले पार्टीका विभिन्न तहमा महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्नुभएको छ।

प्रस्तुत छ  – नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् बाजुराका प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीसँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पर्नुभएको भिडियो सामग्री :