• २७ वैशाख २०८२, शनिबार

डा. दिनबहादुर थापालाई वीरशाली गौरवमय पुरस्कार

blog

प्रा. डा. दिनबहादुर थापा

रामकृष्ण बोहरा

बागलुङ, चैत्र १४ गते। प्राथमिककालीन कवि वीरशाली पन्तको स्मृतिमा बागलुङ नगरपालिकाले स्थापना गरेको यसवर्षको विरशाली पन्त स्मृति गौरवमय पुरस्कार धौलागिरी बहुमुखी क्याम्पसका प्रा. डा. दिनबहादुर थापालाई प्रदान गरिने भएको छ। 

पुरस्कार कोषका अध्यक्ष प्राज्ञ प्रेम छोटाको अध्यक्षतामा बसेको बैठकले डा. थापालाई नगद २५ हजार रुपियाँसहित पुरस्कृत गर्ने निर्णय गरेको हो। नेपाली भाषा, साहित्य र कलामा अग्रणी पन्तको स्मृतिमा २०७७ फागुन २७ गते बागलुङ नगरपालिकाले पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरेको थियो। 

कोषको ब्याजबाट प्रत्येक वर्ष एक÷एक जना साहित्यकारलाई सम्मान गरिने कोषका सदस्य सचिव हरिप्रसाद पाण्डेले जानकारी दिनुभयो। 

पुरस्कार आगामी चैत्र २८ गते विशेष समारोहको आयोजना गरी थापालाई प्रदान गरिने पाण्डेले बताउनुभयो। कोषबाट गतवर्ष पर्वतका साहित्यकार डा. जगन्नाथ रेग्मीलाई पुरस्कृत गरिएको थियो।