• १५ चैत २०८१, शुक्रबार

प्रदेशसभाको गतिरोध खुलाउन दलहरुबिच छलफल सुरु

blog

प्रदेशसभा बैठकको गतिरोध खुलाउन दलका नेताहरु छलफल हुँदै । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्र प्रसाद साह
जनकपुर, चैत १२ गते ।
मधेश प्रदेशसभामा देखिएको गतिरोध खुलाउन सभामुख रामचन्द्र मण्डलको कार्यकक्षमा दलहरुबिच छलफल सुरु भएको छ ।

मधेश प्रदेशसभाको गत आइतबारको बैठकमा विभिन्न विषयमा छानविनको माग गर्दै विपक्षी दलको अवरोधपछि  स्थगित भएको थियो । त्यसपछि मङ्गलबार बिहान ११ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो । 

आज बोलाइएको प्रदेशसभा बैठक सुचारु रुपले सञ्चालन गराउन बैठक समयअघि नै सहमतिका लागि दलहरूबिच छलफल जारी छ ।