शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १२ गते । सान्भी इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई आइपिओ बिक्री गर्ने अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले ३७ लाख ९० हजार कित्ता आइपिओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
अनुमतिका आधारमा कुल ३७ करोड ९० लाख रुपियाँ बराबरको आइपिओ जारी गर्ने भएको छ । आइपिओ जारी गर्न नेपाल एसबिआई मर्चेन्ट बैङ्किङ बिक्री प्रबन्धक रहेको छ ।
.jpg) 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                