गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ७ गते । पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘मैले बुनेका रहर’ गीति भिडियो सार्वजनिक गर्नुभएको छ । गीतमा सुवासकुमार लम्सालको शब्द, राम कार्कीको सङ्गीत र एरेन्ज रहेको छ । गीतको म्युजिक भिडियोमा भुवन पोखरेल, कुसुम शर्मा, गोपीकृष्ण चापागाईं, श्रीधर खनाल र मान्सी शर्माको अभिनय रहेको छ । सुरेश थापाले निर्देशन गरेको भिडियोको सम्पादन प्रवेश पोखरेलले गर्नुभएको छ ।
सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले आफूलाई पनि कला साहित्यमा रुचि लाग्ने बताउनुभयो । सन्सा फिल्म्सका अध्यक्ष सुरज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका सचिवालय सदस्य गायक मोतीराज खनाललगायतको उपस्थिति रहेको थियो ।