• १३ साउन २०८१, आइतबार

मुलुकको अर्थतन्त्र संकटमा छ – एमाले महासचिव पोखरेल

blog

–फाइल फाेटाे

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १९ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको अर्थतन्त्र संकटमा रहेको बताउनुभएको छ । 

नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको बिहीबार राजधानीमा आयोजित आठौं परिषद् बैठकको उद्घाटन समारोहमा उहाँले बजारमा नेपाली पैसा हराएकोप्रति गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।

“हिजोको तुलनामा पूँजीगत खर्च घटाइएको छ । जनतामा निराशा बाड्छौं कि आशा बाड्दैछौं ? नागरिकलाई भविष्यप्रति आशावादी बनाउन सक्नुपर्ने भन्नुहुँदै उहाँले यो शब्दबाट होइन, व्यवहार र नीति निर्माताको तहबाट हुनुपर्छ”, उहाँले बताउनुभयो ।

लामो समयसम्म वित्तीय क्षेत्रबाट अपेक्षाकृत प्रतिफल आउन नसकेको उहाँको भनाइ छ । नेपालमा जति डलर विक्री हुन्छ, त्यति पैसा नेपाली बैंक र बजारमा आउनुपर्ने तर यो नआएको उहाँले बताउनुभयो । यसको कारण खोज्नुपर्ने भन्नुहुँदै उहाँले यस्ता विषयमा राष्ट्र बैंक मौन बस्न नहुने धारणा राख्नुभयो ।