कविराज घिमिरे
हिले, चैत्र ४ गते । धनकुटाको छथर जोरपाटी पालिकामा सम्पन्न भएको अन्तर पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिकाले जितेको छ ।
फाइल खेलमा छथरले चौबिसे गाउँपालिकालाई १–० गोलले पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै छथरले एक लाख ५० हजार रुपियाँ हात परेको छ । उपविजेता चौबिसेले ७५ हजार रुपियाँ पाएको छ ।
सिधुवा सिहंदेवी यूथ क्लबको आयोजना तथा छथर जोरपाटी गाउँपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा धनकुटाका सात पालिकाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा तथा चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेमजोङ्गले पुरस्कार वितरण गर्नुभयो ।