• १५ वैशाख २०८१, शनिबार

काेराेनाकाे सङ्क्रमणदर कम : जोखिम कायमै

blog

काठमाडौं, जेठ १९ गते । सन् २०१९ को अन्तिमबाट चीनको उहानबाट सुरु भएको कोरोना भाइसरको सङ्क्रमणदर विश्वबाटै विस्तारै कम हुँदै गएको तथ्यांकले देखाएको छ । नेपालमा पनि कोरोना पृष्टि हुनेको संख्यामा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मन्त्रालयको पछिल्लो १५ दिनको तथ्याङ्क केलाउँदा दैनिक २० जनाभन्दा कम मानिसमा कोरोना भाइरस पृष्टि भएको देखिएको छ । जेठ १ गते ७ जना सङ्क्रमण र जेठ १८ गतेसम्म पुग्दा १२ जनामा कोरोना पृष्टि भएको छ । पछिल्लो सयम कोरोना भाइरसबाट मृत्युहुने सङ्ख्या पनि शून्यमा झरेको छ ।

नेपालमा सङ्क्रमणदर कम भए पनि शून्यमा नझरेको र विश्वका विभिन्न देशमा कोरोनाका नयाँ नयाँ भेरियन्ट देखिनेक्रम जारी रहेकोले नेपालमा पनि सङ्क्रमणको जोखिम कायमै रहेको विज्ञहरुले बताउँदै आएका छन् । मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्रा पनि विश्वका विभिन्न मुलुकमा सङ्क्रमणदर उच्च रहनुका साथै नयाँ नयाँ भेरिएन्ट देखिने क्रम जारी रहेकोले सम्भावित जोखिम कम गर्न सबै सतर्कता रहन आग्रह गर्नुहुन्छ ।

भीडभाडमा जाँदा स्वास्थ्यका मापदण्ड पालन गर्न नभुल्न मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीको सुझाव छ । नेपालमा पछिल्लो सयम संक्रमणको जटिलता भने कम हुँदै गएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुहुन्छ ।

विभिन्न देशमा संक्रमणदर कायमै भए पनि अस्पतालमा भर्ना हुने दर बढेको र मृत्युका घटना कमम सुन्नमा आएको डा.पुन बताउनुहुन्छ । नेपालमा विस्तारै कोरोना सङ्क्रमण सामान्य अवस्थामा आइसकेका बताउँदै डा.पुनले धेरै जनाले कोरोना विरुद्धको खोप लगाइसकेकाले यदि संक्रमण फैलियो भने पनि जटिल अवस्था नआउने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “विश्वमा कोरोना भाइरसका विभिन्न भेरिएन्ट देखिने क्रम जारी छ । तर डेल्टा ओमिक्रोन जस्तो सक्रिय देखिएको छैन, सायद धेरै जनाले खोप लगाइसकेको र प्रायः सबै संक्रमित भइसकेकाले शरीरमा एन्टीबडी बनेर भाइरस कमजोर बन्दै गएको देखिन्छ ।”

विश्वमा कोरोना संक्रमण दर विश्वमा कोरोना भाइरसको संक्रमण देखिए पनि त्यसबाट अस्पतालमा भर्ना हुने दर र मृत्युदर भने निकै कम रहेको छ। २४ घण्टामा विश्वमा पाँच लाख ३३ हजार ४३६ जनामा कोरोना पृष्टि भएको वल्डाेमिटर डट इन्फोको तथ्यांकले देखाएको छ । त्यस्तै सोही समय एक हजार ४२४ जना संक्रमितको मृत्यु भएको छ ।

एक हप्तामा पाँच करोड भन्दा कममा संक्रमण पृष्टि भएको छ । त्यस्तै आठ हजारको हारहारीमा कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा देखाएको छ । संक्रमण फैलिएदेखि अहिलेसम्म विश्वमा ५३ करोड २९ लाख ५५ हजार ७४ जनामा कोरोना पृष्टि भएको छ। जसमध्ये ६३ लाख १४ हजार ५३ जना संक्रमितको मृत्युभएको छ। ५० करोड ४० लाख दुई हजार २४१ जना संक्रमणमुक्त भएको छन् । नेपालमा ११ लाख बढी संक्रमित नेपालमा पहिलोपटक पहिलो पटक २०७६ साल माघ १० गते चीनको उहानबाट फर्किएका नेपालीमा कोरोना पृष्टि भएको थियो ।

यो अवधिमा ११ लाख १९ हजार ३९१ जनामा कोरोना पृष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । संक्रमित मध्ये नौ लाख ६७ हजार १०२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९८ .८ प्रतिशत रहेका छन् । संक्रमित मध्थे ११ हजार ९५२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको छ। नेपालमा संक्रमितको संख्या ९८ जना रहेका छन् । ती सबै होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएकाे छ । नेपालमा ३६ जिल्लामा शून्य संक्रमित रहेका छन् ।

कतिले लगाए खोप

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म चार करोड ३२ लाख २० हजार ५१३ मात्रा खोप लगाएको छ। जसमध्ये एक करोड ९० लाख १८ हजार २२९ जनाले एकमात्रा र एक करोड ९८ लाख ७२ हजार १९३ जनाले पूर्णमात्रा खोप लगाएका छन् । त्यसैगरी ४३ लाख ३० हजार ९१ ज्नाले अतिरिक्तमात्र खोप लगाएको तथ्यांकमा उल्लेख गरेको छ । कुल जनसंख्याको ७६.८ प्रतिशतले एकमात्रा ६८.१ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । त्यस्तै १२ वर्ष देखि माथिका ९६.१ प्रतिशतले एकमात्रा र ८५.२ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।

नेपालले विभिन्न माध्यमबाट पाँच करोड ३३ लाख ८१ हजार ५७० मात्रा खोप प्राप्त गरेको छ । असारको दोस्रो सातबाट बालबालिकालाई खोप मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्राले पाँच वर्ष देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई असारको दोस्रो साताबाट खोप लगाउने जानकारी दिनुभयो ।

त्यसको लागि कोभ्याकस सुविधा अन्तर्गत अमेरिकी सरकारको सहयोगमा ८४ लाख फाइजर खोप अनुदानमा असारको दोस्रो साता आउने स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो । खोप सल्लाहकार समितिको सिफारिसपछि नेपालमा बालबालिका लागि खोप दिने प्रक्रिया अगाडि बढेको थियो । खोप प्राप्त मात्र उपलब्ध भएकाले १२ वर्षमाथिका पूर्णमात्र खोप लगाएको तीन पुगेका सबै नागरिकलाई अतिरिक्त मात्रा खोप लगाउन आग्रह गर्दै आएको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।