• ३१ भदौ २०८२, मङ्गलबार

वैकल्पिक चिकित्साको आकर्षण

blog

वैकल्पिक चिकित्सा भन्नाले परम्परागत चिनियाँ चिकित्सा, काइरोप्याट्रिक, लोक चिकित्सा एवं प्राकृतिक चिकित्साको माध्यमबाट दिइने स्वास्थ्य सेवा एवं उपचार व्यवस्था, जसले शल्यचिकित्सा तथा एलोप्याथिक (आधुनिक) औषधीको न्यून प्रयोग वा प्रयोग नगरीकनै स्वास्थ्य उपचार सेवा पुर्‍याउने अभ्यास/तौरतरिका भन्ने बुझिन्छ । यस पद्धतिमा निःशुल्क वा अति न्यून शुल्क (खर्च) मा परम्परागत, सांस्कृतिक तथा स्थानीय तत्व खास गरेर आहार विहारबाट स्वस्थ तुल्याउने उपाय नै वैकल्पिक चिकित्सा प्रणाली हो । 

आयुर्वेदिक चिकित्सामा निमको तेल अभिन्न अङ्ग बनेको छ । भारतीय चिकित्सा प्रणालीमा करिब साढे चार हजार वर्ष पहिलेदेखि निमको तेललाई सम्पूर्ण रोगनाशक अर्थात् ‘सर्व रोग निवारिणी’ का रूपमा विभिन्न स्वास्थ्य समस्याको उपचारमा प्रयोग गरिन्थ्यो । यसको शक्तिशाली प्रतिजैविक, ढुसीनाशक एवं सुजननाशक गुणले गर्दा डण्डीफोर, दाद र सोरियासिस जस्ता चर्मरोगमा प्रभावकारी उपचार बन्यो । 

पराम्परागत चिकित्सादेखि आधुनिक चिकित्सा पद्धतिसम्मको इतिहासमा धेरै रोगको प्राकृतिक उपचारको रूपमा निमको तेलको प्रयोग लाभदायक देखियो । हजारौँ वर्षदेखि आयुर्वेदिक चिकित्सा तथा कृषि उत्पादनमा देखिने समस्या समाधानमा समेत रसायनरहित विषादीको रूपमा प्रयोग हुँदै आएको निमको तेलको चमत्कार नै देखियो र अद्यापि सेवन गरिँदै आएको छ । चिनियाँ उपचार पद्धतिमा वैकल्पिक चिकित्साको हजारौँ वर्षदेखि अभ्यास गरिँदै आएको छ । वैकल्पिक चिकित्सा प्रणालीमा धेरै किसिमका उपचार पद्धति छन् तीमध्ये मुख्य विधा निम्न अनुसार छन् :

एक्युपङ्क्चर चिकित्सा : यो वैकल्पिक चिकित्सा पद्धतिको एक प्रभावकारी माध्यम हो । प्राचीनकालदेखि अभ्यासमा आएको एक्युपङ्क्चरमा शरीरका विशेष अङ्ग र विन्दुमा सावधानीकासाथ सियो घोचेर उपचार गरिन्छ । चीनमा निकै प्रभावकारी भएको यस पद्धतिबाट बन्द भएका विन्दुपथमा विद्युतीय प्रभावबाट राम्ररी रक्तसञ्चार गराई निको पारिन्छ । यसको माध्यमबाट खास गरेर शल्यचिकित्सापछिको अवस्था र औषधी सेवनबाट उत्पन्न वाक्वाकी र वान्ता हुँदा, गर्भावस्थामा हुने वाक्वाकी/वान्ता हुँदा र दन्त शल्यचिकित्सा पछिको दुखाइमा लाभदायक हुन्छ ।

जडीबुटी चिकित्सा : इसापूर्व तीन हजार वर्षभन्दा पहिल्यै मिश्रवासीले विभिन्न रोगको उपचारमा जडीबुटी प्रयोग गर्थे । त्यति मात्र नभई प्राचीन ग्रिकहरूले पनि जडीबुटी/कन्दमूलबाट उपचार गर्थे । रोमनहरूले यो चिकित्सा प्रणाली उत्तरी युरोपमा ल्याए भने अचेल नेपाललगायत अमेरिका र युरोपमा समेत जडीबुटी औषधी/उपचार व्यवस्था लोकप्रिय बनेको छ । 

होमियोप्याथी चिकित्सा : यस पद्धतिमा ‘लाइक विथ लाइक’ अर्थात् ‘जुन उपचारले एक जना बिरामीलाई ठिक हुन्छ, त्यसैलाई अरूमा पनि प्रयोग’ को सिद्धान्त लागु हुन्छ । अर्थात् एक पटक यस्तो औषधी सेवन गरेका बिरामीलाई निको भएमा अन्य बिरामीलाई पनि तिनै औषधी प्रयोग गरी निको पारिन्छ । हिप्पोक््याट्सले होमियोप्याथी उपचार प्रणालीको आधारभूत अवधारणा बुझेपछि होमियोप्याथी औषधी/उपचार प्रयोग गरेका हुन् । स्यामूल हानमेनको होमियोप्याथी उपचार पद्धतिको सिद्धान्तमा समानताको नियम, न्यूनतम मात्रा, निको भएका बिरामीलाई प्रयोग गरेका औषधी अरूलाई पनि प्रयोग गर्ने सिद्धान्त मुख्य रहेका छन् । 

प्राकृतिक चिकित्सा : यस पद्धतिको मुख्य सिद्धान्त नै प्राकृतिक पञ्चतत्वबाट गरिने उपचारमा आधारित छ । अर्थात् हवा, माटो, पानी, आकाश, घाम जस्ता प्राकृतिक तत्वबाट स्वास्थ्य समस्याको समाधान गरिने प्राकृतिक चिकित्सामा सही र पोसिलो आहार, उपवास, योग   (योगाभ्यास, ध्यान), अक्युप्रेसर, रेकी, चुम्बक, रत्न, जडीबुटी, स्वमूत्र–गौमूत्र, सङ्गित चिकित्साबाट पनि स्वस्थ रहने सल्लाह दिइन्छ । प्राकृतिक उपचारमा रोगाएर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने सिद्धान्त, प्राकृतिक उपचार शक्ति, समस्याको कारण पहिल्याई उपचार गर्ने व्यवस्था, पहिलो पटक गर्दा पनि हानि नगर्ने बरु सबै बिरामीलाई उपचार गर्न उत्तम हुन्छ । प्राकृतिक चिकित्सा प्रणालीमा चिकित्सक नै प्रशिक्षक (बिरामीलाई उनीहरूको आफ्नै स्वास्थ्य रक्षाका लगि शिक्षा दिने, हौसला दिने र सिकेपछि अभ्यास गर्न लगाउने) बनेर स्वास्थ्य समस्या समाधान गर्न सघाउने महत्वपूर्ण पद्धति हो । चीनमा परापूर्वकालदेखि अभ्यासमा आएको यो प्रणाली कुनै न कुनै रूपमा विश्वका अधिकांश मुलुकमा फैलिएको छ । 

 निमको तेल मानव स्वास्थ्य समस्यामा वैकल्पिक औषधीका रूपमा मात्र नभई कृषि उत्पादनमा सुरक्षित एवं रसायनरहित विषादीका रूपमा समेत निर्धक्क प्रयोग गर्न सकिन्छ । लामो समयसम्म आधुनिक चिकित्सा अन्तर्गत उपचार गराउँदा सञ्चो नभएका नसा च्यापिएका, पक्षघात भएर हिँड्न र बोल्न नसक्ने, उच्च रक्तचाप तथा जटिल दीर्घ रोगीलाई मालिस, थेरापी, आयुर्वेद तथा प्राकृतिक चिकित्साबाट पहिलेकै अवस्थामा ल्याउन सफल भएको अर्थात् लाखौँ खर्च जोगिएको सम्बन्धित अस्पतालले नै दाबी गरेका छन् । उदाहरणका लागि बिहान खाली पेटमा एक लिटर र दिनभरमा तीन लिटर पानी पिएमा मिर्गौला स्वस्थ रहन्छ, उच्च रक्तचापमा चुकन्दरको जुस, अनार, रगतमा युरिक एसिड र मोटोपना बढेमा कागती पानी, मधुमेहमा भिजाएको मेथी र त्यसको पानी, स्नायु, मांसपेशी र हड्डीको दुखाइमा शारीरिक व्यायामबाट निकै लाभ हुन्छ, सुर्तीजन्य पदार्थ र मादक पदार्थको हानिकारक सेवन नगरे उच्च रक्तचाप, मुटुसम्बन्धी, मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगबाट बँच्न सकिन्छ । विषादीरहित खाद्यपदार्थको उत्पादन, हरियो तरकारी, सागपात र मौसम अनुसारका फलफूल र दुग्धपदार्थ नै हाम्रा औषधी बन्नु पर्छ । सामान्य कपाल र शरीर दुख्दा औषधीको साटो बेसार, तातोपानीको वाफ र भिक्सले निको हुन सक्छ, मानसिक तनाव, चिन्तालाई योग/ध्यान गरेर सहजै निको पार्न सकिन्छ । शल्यक्रियापछि बिरामीलाई हिँडडुल जस्ता शारीरिक व्यायाम÷फिजियोथेरापी गराइन्छ ।  

लामो समयसम्म आधुनिक चिकित्सा अन्तर्गत उपचार गराउँदा अर्थात् लाखौँ खर्च गरी उपचार गराउँदा पनि सञ्चो नभएका समस्या निःशुल्क वा अत्यन्त न्यून शुल्क (खर्च) मा सजिलै स्वस्थ रहन सघाउ पु¥याउँछ । नसा च्यापिएका, पक्षघात भएर हिँड्न र बोल्न नसक्ने, उच्च रक्तचाप तथा जटिल दीर्घ रोगीलाई मालिस, थेरापी, आयुर्वेद तथा प्राकृतिक चिकित्साबाट पहिलेकै अवस्थामा ल्याउन सकिन्छ । कतिपय जटिल खालका पक्षघातलगायतका समस्या समाधान हुन एक वर्षसम्म लाग्न सक्ने भए पनि नेपाललगायत पश्चिमा जगतमासमेत वैकल्पिक चिकित्सा पद्धतितर्फ आकर्षण बढ्दो छ भने सडक दुर्घटना, रुखबाट लडेर अपाङ्गता वा अशक्त भएका बिरामीलाई वैकल्पिक तथा प्राकृतिक चिकित्सा वरदान साबित भएको छ । प्राकृतिक चिकित्साले वनस्पतिजन्य औषधी र जीवनशैलीलाई बढी महìव दिन्छ । वनस्पति, पशुजन्य आहार, व्यायाम, प्राणायाम, ध्यानका माध्यमबाट उपचार गर्ने चिकित्सा विघाले स्वास्थ्यसम्बन्धी सचेतना र ज्ञान विस्तार गर्नुका साथै शरीरमा ऊर्जा सञ्चार गरी सन्तुलित र ऊर्जावान् बनाउन सघाउ पु¥याउँछ । नेपालमा सरकार वा सर्वसाधारण, जसले बहन गरे पनि आधुनिक चिकित्सा महँगो छ, कतिपय अस्पतालमा ससाना समस्यामा आवश्यक नपरे पनि शल्यचिकित्सा गर्न सिफारिस गरिन्छ । पछिल्लो समय देशमा वैकल्पिक तथा प्राकृतिक चिकित्साको महìव बढ्दै गएको छ । त्यसैले निःशुल्क वा न्यूनतम शुल्कमा बिरामी स्वस्थ हुनुका साथै रोग लाग्नबाटै बचाउने वैकल्पिक चिकित्सा प्रणालीलाई अगाडि बढाउनु आजको आवश्यकता हो ।