• २६ फागुन २०८१, सोमबार

‘लाखौँ कोसिस’ सार्वजनिक

blog

काठमाडौँ (गोरखापत्र), फागुन २४ गते । गीतकार राज दङ्गालको ‘लाखौँ कोसिस’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा दीपिका ढकाल, गङ्गाराम घिमिरे दङ्गाल, अनिशा बस्ताकोटीलगायतको अभिनय रहेको छ । केदार दङ्गाल र रेणुका खतिवडाको स्वर रहेको गीतको भिडियोलाई टेकेन्द्र कार्कीले निर्देशन तथा सम्पादन गर्नुभएको छ । गीत स्काई डिजिटल 

प्रोड्क्सनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको  छ ।