• १२ असार २०८१, बुधबार

विद्युत् उत्पादन बढ्यो, आयात घट्यो,दुई सातापछि आयात रोकिने

blog

काठमाडौँ, जेठ १५ गते । नदीमा जलप्रवाह विस्तार भएसँगै विद्य्त् उत्पादन बढेको छ । हाल दैनिक साढे २८ हजार मेगावाट÷प्रतिघण्टा विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । दैनिक ३४ हजार मेगावाट-प्रतिघन्टा रहेको छ । विद्युत् उत्पादन बढेसँगै नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत् पनि घटाउँदै लगेको छ । सुक्खायाममा दैनिक १२ हजार मेगावाट-घण्टासम्म विद्युत् आयात गर्दै आएकामा पछिल्लो समय पाँच हजार मेगावाट-घण्टामा सीमित भएको छ ।

पछिल्लो साता मुलुकभर वर्षा वृद्धिसँगै खोलानालामा जलप्रवाह बढ्न थालेपछि देशभित्रकै आयोजनाको विद्युत् उत्पादन बढ्दो छ । यसकै कारण आयात पनि कम गरे पुग्ने अवस्था आएको प्राधिकरणका प्रवक्ता सुरेशबहाद्ुर भट्टराईले जानकारी दिनुभयो । पानी पर्न थालेपछि आन्तरिक उत्पादनमा केही सुधार आएको छ । सोहीअनुसार हामीले आयात पनि घटाउँदै लगेका छौँ,” उहाँले भन्नुभयो । 

प्राधिकरणले गत फागुनका केही दिन आन्तरिक उत्पादन कम र माग धेरै हुने अवस्था आएपछि भारतबाट दैनिक १२ हजार मेगावाट घण्टासम्म विद्युत् आयात गर्ने गरेको थियो । 

प्राधिकरणको पछिल्लो विवरणअनुसार शुक्रबार ३३ हजार ८९६ मेगावाट-घण्टा विद्युत् माग भएकामा पाँच हजार ७५ मेगावाट-घण्टा मात्र आयात भएको छ । विद्युत्को उच्चतम माग सो दिन एक हजार ६४३ मेगावाट छ । सो माग पूरा गर्न नेपाल विद्युत् प्राधिकरणका आफ्नै आयोजनाबाट १० हजार ४८७ मेगावाट-घण्टा, प्राधिकरण सहलगानीका आयोजनाबाट छ हजार २१२ मेगावाट-घण्टा विद्युत् उत्पादन भएको छ । त्यस्तै निजी आयोजनाबाट पनि १२ हजार ७२ मेगावाट-घण्टा विद्युत् आपूर्ति 

भएको छ । भट्टराईका अनुसार अब बढीमा १५ दिन मात्र विद्युत् आयात गर्नुपर्ने अवस्था छ । “त्यसपछि हाम्रो उत्पादनले हामीलाई पुग्ने मात्र नभएर बचत हुन्छ । अब दुई साताजति आयात गर्नुपर्ला, त्यसपछि प्राधिकरण निर्यात गर्नेतर्पm लाग्छ,” उहाँले भन्न्ुभयो ।

प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्जमा नेपालको ३६४ मेगावाटसम्म विद्युत् निर्यात गर्न पाउनेछ । सरकारी स्वामित्वका तीन र एक निजी प्रवद्र्धकको जलविद्युत् आयोजनाको बिजुली भारतीय बजार प्रवेशका लागि त्यहाँको विद्युत् मन्त्रालयमार्फत केन्द्रीय विद्युत् प्राधिकरण (एनभीभीएन)ले अनुमति दिएको हो । सोही अनुमतिको प्रावधानअनुसार ४१२ मेगावाटसम्म विद्युत् त्यहाँको खुला बजारमा बिक्रीका लागि सूचीकृत हुन पाउँछ । 

यसबाहेक बढी भएको बिजुली विगतमा जस्तै विहार राज्यसँगको आपसी समझदारीअनुरूप त्यहाँ पनि निर्यात गर्ने प्राधिकरणको तयारी छ ।  


Author

गोपालचन्द्र सुवेदी