• ३ फागुन २०८१, शनिबार

एकता (कविता)

blog

तराईको न्यानो घाम

हिमाललाई दिऊँ भन्छ

हिमालको मिठो हावा

तराईले पिऊँ भन्छ

मिलिजुली पहाडले

आपसमा जिऊँ भन्छ

च्यातिएका मनमुटुलाई

एकताले सिऊँ भन्छ

अन्नपात तराईको

पहाडको जडीबुटी

कर्मशील नेपालीलाई

उपहार दिऊँ भन्छ

सङ्ला सङ्ला

नदी हाम्रो

उद्यमशील

जिन्दगीलाई

ऊर्जाशक्ति दिऊँ भन्छ

सुखदुःख जिन्दगीलाई

एकताको लय बनाई

चैतन्य र चेतनाको

मिठो धुन दिऊँ भन्छ ।