• ३ फागुन २०८१, शनिबार

‘चलचित्रमा महिला’ शीर्षकमा अन्तर्क्रिया

blog

काठमाडौँ , फागुन २ गते । ग्लोबल फिल्म डेका अवसरमा राजधानीमा ‘चलचित्रमा महिला’ शीर्षकमा अन्तर्क्रिया गरिएको छ । ग्लोबल कम्प्याक्ट नेपाल र बटरफ्लाई फिल्म्सको आयोजनामा सम्पन्न कार्यक्रममा अभिनेतृ वसुन्धरा भुसाल, नेपालकी पहिलो महिला सम्पादक रक्षासिंह राणा, निर्देशक एवं नृत्य निर्देशक रेनेशा बान्तवा राई र महिला चलचित्र वितरक जेनिश पहारी वक्ता हुनुहुन्थ्यो । 

अभिनेतृ वसुन्धरा भुसाल आफ्नो पहिलो चलचित्र आमादेखि पछिल्लो बेहुली फ्रम मेघौलीसम्म आउँदाका चुनौती र अवसरबारे आफ्नो अनुभव सुनाउनुभयो । सम्पादक तथा निर्देशक राणाले चलचित्र क्षेत्रमा महिलाका लागि निकै अवसर रहेको बताउनुभयो । उहाँले आफ्नो क्षमता चिनेर मेहनतका साथ अघि बढ्नुपर्ने बताउनुभयो । चलचित्र वितरक पहारीले चलचित्र वितरणका विभिन्न चरणबारे जानकारी दिँदै चलचित्र क्षेत्रमा वितरकको चुनौती र अवसरबारे बताउनुभयो ।